नियम ७
समितिको काम, कर्तव्य र अधिकार
समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः–
(क) ऐनको दफा ६ बमोजिम कागजात प्राप्त गर्ने सम्बन्धमा राष्ट्रिय अभिलेखालयलाई आवश्यक सहयोग तथा सल्लाह दिने,
(ख) अभिलेख संरक्षण सम्बन्धी कानून तथा राष्ट्रिय अभिलेखालयको काम कारबाही उपर गर्नु पर्ने समसामयिक सुधारका सम्बन्धमा सुझाव दिने,
(ग) अभिलेख वर्गीकरण गर्ने सम्बन्धमा राष्ट्रिय अभिलेखालयलाई सुझाव दिने ।